Incident Reports

यौन  दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-01-19

Province 1, Taplejung, Sirijangha, Ward 8

दश वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरीजङ्गा गाउँपालिका–८ का ३४ वर्षीय छिरिङ लेप्चा लामालाई माघ २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले विगत दुई वर्षयता यौन  दुर्व्यवहार गर्दै आएको र अन्तिम पटक माघ ५ गते यौन दुव्र्यवहार गरेको आरोपमा स्थानीयले इलाका प्रहरी कार्यालय तेल्लोकमा मौखिक उजुरी दिएका थिए ।

आरोपितलाई माघ २२ गते गिरफ्तार गरी दई दिनको पदैल यात्रापछि माघ २४ गते जिल्ला प्रहरी कार्यालय ल्याएर लिखित उजुरी दर्ता गराएको डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण इलाका स्वास्थ्य कार्यालय तेल्लोकमा माघ २३ गते गरिएको छ ।

देवराज गुरुङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments