Incident Reports

यौनदुर्व्यवहार घटनाका फरार आरोपितहरू गिरफ्तार

2019-10-11

Madhes, Siraha, Mirchaiya, Ward 1

१५ र १३ वर्षीया दुई बालिकाहरूलाई यौनदुर्व्यवहार गरी फरार रहेका आरोपितहरु मिर्चैया नपा–१ का २१ वर्षीय सरोजकुमार महरा र २४ वर्षीय मिथिलेश महरालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ २२ गते गिरफ्तार गरेको छ ।

आरोपितहरुले बालिकाहरुलाई ०७६ असोज २४ गते यौनदुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा कात्तिक २ गते उजुरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले आरोपितहरुलाई गिरफ्तार गरी कारवाहीको लागि माघ २३ गते म्याद थप गराएको बताउनु भएको छ ।

पीडित बालिकाहरुको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक २ गते भएको थियो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments