Incident Reports

आगो लगाई ज्यान मार्ने प्रयासका आरोपित ससुरा गिरफ्तार

2020-01-31

Madhes, Saptari, Rajbiraj, Ward 15

राजविराज नपा–१५ की २० वर्षीया रेखादेबी शर्मालाई माघ १७ गते उहाँका ससुरा ५५ वर्षीय परशुराम शर्मा, सासु ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेबी शर्माले आगो लगाई ज्यान मार्ने प्रयास गरेको भन्दै पीडितले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

आरोपितहरुले आगोले सल्काएर हत्या गर्ने योजना अनुरुप आफूले लगाउने सारीमा पेट्रोल छर्केको आरोप लगाउँदै पीडितले भन्नु भयो – ‘आँगनमा हिँडिरहेका बेला टाढा रहेको चुलोको आगो एक्कासी सारीमा सल्कियो, गुहार माग्दा घरमै रहेका आरोपितहरु जोगाउन समेत आएनन् ।’ आँगनमै थुपारेको धानमा मडारिएर आगो निभाई ज्यान जोगाएको उहाँले बताउनु भएको छ ।

सामाजिक परम्पराअनुसार २०७५ साल फागुन २४ गते २७ वर्षीय रबीन्द्र शर्मासँग विवाहिता पीडितको साढे एक महिनाकी छोरी छिन् । पीडितका पति रबिन्द्र शर्मा काठमाडौंमा काठको मजदुरी गर्नु हुन्छ ।

घटनापछि राजविराज नपा–६ स्थित माइतमा आश्रय लिनुभएकी घाइतेको उपचार अस्पतालमा आधारित ओसिएमसीले नगरे पछि माइतले गरिरहेको र प्रहरीले उजुरी परिवर्तन गर्न लगाई परशुराम शर्माविरुद्ध मात्र उजुरी दर्ता गरेको पीडितकी आमा सरस्वती शर्माले बताउनु भयो । प्रहरीले उजुरी परिवर्तन गर्न लगाई परशुराम शर्माविरुद्ध मात्र उजुरी दर्ता गरेको पीडितकी आमा सरस्वती शर्माले बताउनु भएको छ ।

आरोपित परशुरामलाई माघ २२ गते गिरफ्तार गरी आगो लगाई ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताउनु भयो ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments