Incident Reports

व्यापारीको गोली प्रहार गरी हत्या, असईसहित दुई जना घाइते l

2014-01-01

Madhes, Bara, Kalaiya

Laxmi Sah Sonar भवानीपुर जितपुर गाविस-३ निवासी व्यापारी ४० वर्षीय अफताब आलम अन्सारीको पुस १७ गते गोली प्रहार गरी हत्या भएको छ । घर अगाडि बसिरहेका आलमलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गर्दा उपचारको क्रममा वीरगञ्जस्थित नेशनल मेडिकलमा उनको मृत्यु भएको डिएसपी नवराज अधिकारीले बताए । घटनामा संलग्नलाई खोजी गर्न गएको प्रहरी टोलीमाथि सोही समूहले गोली प्रहार गर्दा असईसहित दुई जना घाइते भएका छन् । घटनापछि भाग्दै गरेको 'सुटर' लाई प्रहरीले दुई किलोमिटरसम्म पछ्याएको थियो । सुटरको गोली लागेर घाइते हुने प्रहरीहरूमा इनर्वासिरा प्रहरी चौकीका इन्चार्ज (असई) मातृका ठाकुर र प्रहरी जवान शेख सब्जान छन् । असई ठाकुरको कोख र हातमा गरी तीन गोली लागेको छ । जवान शेखको भने हातमा एक गोली लागेको छ । नेशनल मेडिकलमा उनीहरूको प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए । गोली प्रहार गर्ने दुई जना भारतीयलाई प्रहरीले सर्वसाधारणको सहयोगमा गिरफ्तार गरेको छ । उनीहरूबाट प्रहरीले दुई थान पेस्तोल, त्यसमा प्रयोग गरिने १५ राउन्ड गोली र उनीहरूले प्रयोग गरेको भारतीय बीआर ०६८५१७ नम्बरको मोटरसाइकल बरामद गरेको छ । उनीहरूलाई घटनास्थलदेखि दुई कोस टाढा फत्तेपुर गाविस-५ को उखु घारीबाट प्रहरीले गिरफ्तार गरिएको थियो । गिरफ्तार भएकामा भारत लखनउका रवि पाण्डे र बनारसका विपिन यादव हुन् । उनीहरूलाई जिल्ला प्रहरी कलैयामा हिरासतमा राखिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis