Incident Reports

आफ्नै निवासमा मृत भेटिए पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती र कामदार

2020-02-10

Bagmati, Lalitpur, Lalitpur

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्था र उनको घरमा काम गर्ने एक जना मृत भेटिएका छन्।

ललितपुरको सानेपास्थित कार्कीको घरमा सोमबार बिहान प्रहरीले मुना अचेत अवस्थामा र कामदार मृत फेला पारेको थियो।

मुनाको अवस्था एकदम नाजुक थियो। उपचारका लागि उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको थियो।

‘अस्पतालमा पुर्‍याएलगत्तै उनलाई अस्पतालले मृत घोषणा गरेको हो’, घटनास्थलमा खटिएका ललितपुर महानगरीय प्रहरी परिसरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङले भने।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मुनाको टाउकोमा गम्भीर चोट थियो। कार्की घरमा काम गर्ने विजय चौधरीको झुण्डिएको अवस्थामा फेला परेका थिए।

मध्याह्न १२ बजे जानकारी आएलगत्तै परिसरको प्रहरी टोली निवासमा जाँदा शव भेटाएको थियो। 

प्रहरीले चौधरीले नै कार्कीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ।

‘घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालिसकेको छ,’ परिसर प्रवक्ता दुर्गा सिंहले भनिन्, ‘के कारणले घटना भएको हो भन्ने यकिन हुन सकेको छैन।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports