Incident Reports

समानुपातिकमा सभासद बनाउन माग गर्दै एमाओवादी पार्टी कार्यालयमा आगजनि l

2013-12-31

Sitaram Adhikari जिल्लामा प्रतयक्ष तर्फ पराजय भोगेको भए पनि समानुपातिककमा कसैलाई पनि सभासद नबनाएको भन्दै एकीकृत नेकपा माओवादीको जिल्ला पार्टी कार्यालय पुस १६ गते आफ्नै भातृसंगठन वाईसीएल कार्यकर्ताले तालाबन्दी गरी केही फर्निचर र कागजपत्र जलाएका छन् । समानुपातिकतर्फ सिफारिस गरिएको सभासदहरूको नामावली पत्रपत्रिकामा प्रकाशित भएपछि त्यस प्रति असन्तुष्ट कार्यकर्ताहरूले पार्टी कार्यालय तोडफोड गरी आगो लगाइदिएका हुन् । जिल्लामा सक्रिय नेतालाई समानुपातिकमा नराखेर जिल्लामा सक्रिय सदस्य समेत नरहेकालाई समानुपातिकबाट सभासद छनोट गरेको भन्दै विरोध स्वरुप सदरमुकाम धादिङवेशीमा रहेको पार्टी कार्यालयको कागजपत्र, फर्निचर र वोर्डमा एमाओवादीका असन्तुष्ट कार्यकर्ताहरूले आगजनि गरेका हुन् । पार्टीका लागि जीवनभर सङ्घर्ष गरेर जीउंदो सहिदको रुपमा सबैले चिन्दै आएका रामबहादुर भण्डारीलाई सभासदमा सिफारिस नगरी पार्टीमा नाम मात्र सुनिएका व्यक्तिलाई सभासद बनाएकोले बाध्य भएर त्यसको विरोध गर्नु परेको कार्यकर्ताहरूले बताएका छन् । एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फ धादिङ घर भएका र द्वन्द्वको समयमा तत्कालीन सुरक्षा फौजमा जिम्मेवार पदमा रहेका रविन्द्रप्रताप शाहलाई सभासद छानेकोमा जिल्लाका पार्टी कार्यकर्ताहरूले असन्तुष्टी जनाएका हुन् । पार्टी कार्यालयमा थन्क्याइएका सबै कागजपत्र, फर्निचर र साइनवोर्ड निकालेर कार्यालय प्राङ्गणमै आगजनी गरेपछि कार्यकर्ताहरूले पार्टी कार्यालयमा ताला लगाइदिएका थिए । पार्टी कार्यालय जिल्ला प्रहरी कार्यालयबाट पाँच मिनेटको दुरीमा रहेको भए पनि एक घण्टापछि प्रहरी घटनास्थल पुगेको थियो । घटनापछि वाईसिएल धादिङका २ नं क्षेत्रीय अध्यष राजेश अधिकारी र सचिव अमृत तामाङले हस्ताक्षर गरी प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् । समानुपातिकका सहिदपरिवारको तर्फबाट एक जना सभासद हुनुपर्न, एमाओवादीको जिल्ला अधिवेशन तत्काल हुनु पर्ने र थुनिएका वाईसीएल कार्यकर्ता रिहा गर्नु पर्ने माग राख्दै प्रेस विज्ञप्ति प्रकाशन गरेका हुन् ।

0 Comments

Related Reports
Related Trend Analysis