2020-02-11
थाहा अनलाइन , काठमाडौ । १० बर्ष अगाडि अन्तरजातीय बिवाहा गरेकी सुजना नेपालीलाई यतिबेला प्रेम , बिवाहा अभिषाप बनेको छ । दोलखा लामिडाडामा जन्मेकी सुजना नेपाली आफ्नो परिवारसहित काठमाडौ बस्ने गर्थिन । १३ बर्षको बाल्यकालमा आफुभन्दा १३ बर्ष जेठो भक्तपुर घर भएको अनिल श्रेष्ठले भगाएर बिवाहा गरेका थिए । बिवाहा गरे पछि विभिन्न बाहाना गराइ आफ्नो घर भक्तपुर भने लगेनन् । काठमाडौ हरिसिद्दीमा सानो कोठा खोजी सगै बस्न थाले बिवाहाको ६ बर्ष पछि एउटा छोरी समेत जन्मिन् ।
पेशाले ड्राइभर अनिल श्रेष्ठ धरान काठमाडौको बस चलाथे , बिवाहाका केहि बर्ष राम्रै बिते पनि छोरीको जन्म पछि श्रीमानको व्यबहारमा परिबर्तन आएको बताउछिन् सुजना ।
सामान्य कुरामा पनि सानोजात , दमाई , तेरा परिवार दमाई , भन्ने हरेक कुरामा जात जोडेर गाली गर्ने , कुटने अनि पागल हो भन्ने र आफ्ना दाइ, भाउजू र परिवारलाई समेत पागल हो भनी मानसिक यातना दिदै ब्यवस्ता गर्न थाले । पछिल्लो समय फोन स्विच अफ गर्ने , रिसिभ नगर्ने , कोठामा नआउने , आए पनि पैसा नदिने कुट्ने गर्न थाले , उनि भन्छिन् ” पछिल्लो तिन महिना देखि मेरो सम्पर्कमा हुनुहुन्न तीन महिनाको भाडा नदिएपछी घरबेटीले कोठामा चाबी लगाइदिए , बोर्डिङमा फिस तिर्न नसकेपछि छोरीको पढाइ बन्द भो अहिले न पैसा , न श्रीमान सम्पर्कमा न त बस्ने न खाने ठाउँ अहिले सडकको बाँस भएकी छु ” साथमा नाबालक छोरी छ म के गरु ? सानोजात भएको कारण मलाई श्रीमानले यस्तो बिचल्ली बनाउनु भो ।
परिवारको सम्पर्कमा भएको सुजनाको दाबी छ , तर परिवारले उल्टा तेरो पोइको ठेक्का लिएको छ र भन्दै सहयोग नगरेको बताउछिन् । हुन त अन्तरजातीय बिवाहा गर्दा यसरी बिचल्लीमा परेका दलितबहिनि धेरै छन् सुजनाको मात्र यो पीडा होईन प्राय नै गैरदलित युवासग बिवाहा गर्दा यसरी नै जातको कारण देखाइ छोडने र दुख दिने घटना कयौं छन् ।
उनी अहिले मिडियामा आफ्नो छोरीको न्यायको लागि यसरी रुदै आएकी छिन ।
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Banishment/shunning |
Weapons | None |
Primary Cause | Related to discrimination against Dalits |
Secondary Cause | Domestic violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | youth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19