Incident Reports

हथौडा प्रहार गरी वृद्धको हत्या

2020-02-11

Madhes, Rautahat, Durga Bhagwati, Ward 3

दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको अज्ञात समुहले माघ २७ गते उहाँकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

राति खाना खाएर घरदेखि एक किलोमिटरको दुरीमा रहेको गाईगोठमा सुत्न जानु भएका पण्डित माघ २८ गते बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरुले गोठमा हेर्न जाँदा उहाँको टाउकोमा हथौडा प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा भेटेको पीडित परिवारले जनाएको छ ।

पीडित परिवारले माघ २८ गते हत्या भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा मौखिक उजुरी दिएको बताएको छ । घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर नविन सिंहले बताउनु भएको छ । 

शवको पोष्टमार्टम जिल्ला अस्पताल गौरमा माघ २८ गते भएको र पोष्टमार्टम रिपोर्ट भने आइ नसकेको रौतहट प्रहरीले जनाएको छ । रौतहट प्रहरीका अनुसार मृतकका छोराले माघ २८ गते शव बुझी लगेको र सोही दिन छोराले हिन्दु परम्परा अनुसार दाह संस्कार गरेको छ ।


Update

..................

बाबुको हत्या आरोपमा युवक पक्राउ

आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

गत २८ माघमा रौतहटको दुर्गा भगवती गाँउपालिका ३ पर्सा टोलका ७० वर्षका फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
गाइबस्तु बाँध्ने गोठसँगै रहेको छाप्रोमा सुतेका फेकनको अनुहार, टाउको र छातीमा हतौडाले हानिएको र धारिलो हतियारले अनुहार र घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले हत्या आरोपमा फेकनका छोरा २५ वर्षका राजकुमार पण्डितलाई पक्राउ गरेको छ । उनले हत्या आरोप स्वीकारेका छन् ।

आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा देखेपछि रिस थाम्न नसकी बाबुको हत्या गरेको अभियुक्तले बताएका रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

राति ३ बजे बाबुको हत्या गरेपछि राजकुमारले पुनः घर आएर कपडा फेरेर गोठमा गएका थिए । उनले बिहान ५ बजे बाबुको हत्या भएको भन्दै गाउँले र प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका पण्डितलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्र्तगतको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Makwanpur , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments

Related Reports