Incident Reports

बालिका बेचबिखनको आरोपमा २० वर्षकैद l

2014-01-06

Lumbini, Rupandehi, Rohini

Pratap Bishta बालिकालाई भारतमा लगेर विक्री गरेकेा ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक दम्पतिलाई २० वर्षकैद गर्ने फैसला गरेको छ । दम्पतिलाई कैदसँगै जनही २ लाख रुपैया जरिवाना गर्ने फैसला गर्नुको साथै पीडितलाई पीडकबाट एक/एक लाख रुपैया उपलब्ध गराउन पनि आदेश गरेको छ । जिल्ला न्यायाधीश दिपेन्द्र अधिकारीको पुस २२ गते बसेको इजलाशले हर्नामाडी गाविस-६ का २१ वर्षीय लक्ष्मण घिमिरे र उनकी पत्नी १९ वर्षीया सानुमाया स्याङतान घिमिरेलाई १६ वर्षीया बालिकालाई चितवनमा पसल थाप्ने भनेर घरबाट लगेर भारतको पन्जाबमा विक्री गरेकेा ठहर गर्दै उक्त फैसला गरेको हो । घिमिरे दम्पतिले बालिकालाई ०६९ भदौ ९ गते चितवनमा पसल थाप्ने भनेर घरबाट भगाएर लगेका थिए । चितवनमा दुई रात राखेर उनलाई इटहरी पुर्‍याएर कोठीका भारतीय दलाललाई ५० हजार भारतीय रुपैयाँमा विक्री गरेका थिए । उनलाई ५० हजार रुपैयामा खरिद गरेर भारतको पन्जाब पुर्‍याउने इलामका रत्नबहादुर राई र सविता राई फरार छन् । राई दम्पतिले भने उनलाई एक लाख भारतीय रुपैयामा पन्जाबमा विक्री गरेका थिए । प्रहरीले घिमिरे दम्पतिलाई ०६९ कात्तिक २७ गते नेपालगन्जमा गिरफ्तार गरेको थियो । बेचबिखनमा परेकी बालिका ०७० असार २६ गते कोठीबाट भागेर घर आएपछि आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

0 Comments