Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-13

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सागाचोकगढी नगरपालिका–३ बतासेका २० वर्षीय उमेश नेपालीलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले माघ २४ गते आफ्नै घरमा पुर्याएर बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितकी फुपू दिदीले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण माघ २८ गते चौतारा अस्पतालमा भएको थियो । आरोपितलाई जिल्ला अदालतले माघ २९ गते म्यादथप गरी अनुसन्धानको लागि प्रहरी हिरासतमा र पीडितलाई सिन्धुपाल्चोकको पुनर्स्थापना केन्द्रमा राखिएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments