Incident Reports

आरआरमा दुई विद्यार्थी समूहबीच कुटाकुट

2020-02-17

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का दुई समूहबीच कुटाकुट भएको छ।

सोमबार बिहान दुई समूहबीच ढुंगा, इँट्टा हानाहान भएपछि प्रहरी परिचालन गरिएको हो।

नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ। तर अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको बताएको छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले कक्षाकोठामा पढ्न जाँदै गरेका आविष्कार पौडेल, सुमन खड्का र कुशल बस्नेतमाथि आक्रमण भएको जानकारी दिए।

प्रहरीले घटनापछि नेविसंघ समर्थित विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले बताए।

पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखेको छ।

‘हाम्रा साथीहरूलाई अखिलले नै कुटपिट गर्ने अनि प्रहरीले हाम्रै साथीहरूलाई पक्राउ गरेको छ। तत्काल रिहा नगरे आन्दोलन गर्छौं,’ महामन्त्री भट्टराईले सेतोपाटीसँग भने।

अखिलका नेता आरसी लामिछानेले दुई समुहबीच झगडा भए पनि सांगठानिक नभएको बताए। ‘यो अखिल र नेविसंघको झगडा होइन। आन्तरिक विषयमा दुई समुहबीच झगडा भएको हो,’ लामिछानेले सेतोपाटीसँग भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth youth
National/Online Media

0 Comments