Incident Reports

बालिका बलात्कारका आरोपित थुनामा l

2014-01-06

Chetu Sherpa एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ताम्कु गाविस-४ का २५ वर्षीय सन्तोष रार्इ जिल्ला अदालतका न्ययधीश टीकाराम उप्रेतीको एकल इजलासबाट पुस २१ गते पुर्पक्षका लागि जिल्ला कारागार कार्यालयमा थुनामा पठाएको छ । पीडित परिवारले आरोपित बिरुद्ध जिल्ला प्रहरी कार्यालय खाँदबारीमा मङ्‌सिर २१ गते उजुरी दर्ता गरेपछि प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरेको थियो । प्रहरीले आरोपित बिरुद्ध मङ्‌सिर २२ गते जबर्जस्ती करणी महलमा मुद्दा दर्ता गरेको थियो । पीडितको मङ्‌सिर २१ गते जिल्ला अस्पताल खाँदबारीमा स्वास्थ्य परीक्षण भएको थियो । विवाह गर्छु भन्दै पीडितलाई मङ्‌सिर १८ गते बलात्कार गरेको आरोपमा राई विरुद्ध पीडित परिवारले प्रहरीमा जाहेरी दिएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis