Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-02-12

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 13

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई प्रहरीले पोखरा मनपा–१३ कुडहरबाट माघ २९ गते साँझ गिरफ्तार गरेको छ ।

बागलुङ जिल्ला ताराखोला गाउँपालिका–२ का उपेन्द्र परियार, दार्चुला थाल गाउँपालिका–५ का  प्रमोद सिंह, कास्की जिल्ला मादी गाउँपालिका–७ का सागर विक र कास्की मादी गाउँपालिका–७ का दिपक परियारलाई सार्वजनिक स्थलमा मशाल जुलुस गर्ने क्रममा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार के.सी.ले जानकारी दिनुभयो ।

नयाँ अपराध संहितामा सार्वजनिक स्थलमा मशाल जुलुस प्रर्दशन गर्न नपाउने भन्ने व्यवस्था रहेकाले उनीहरु माथी सोही अनुरुप मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाइने डिएसपी के.सी.ले बताउनुभयो ।

 

 

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments