Incident Reports

एमाले नेतालाई हत्या गर्ने धम्की l

2014-01-04

Province 1, Terhathum, Menchayam

Chhatra Rimal पौठाक गाविस­-७ निवासी नेकपा एमालेका ईलाका कमिटीका अध्यक्ष ५४ वर्षीय तीर्थप्रसाद ढकाललाई पुस २० गते सोही गाविस-५ निवासी सङ्घीय समाजवादी पार्टी पौठाक गाउँ समिति अध्यक्ष अर्जुनबहादुर लिम्बूले गोली हानी हत्या गर्ने धम्की दिएका छन् । पौठाक बचत तथा क्रण सहकारी संस्थाले आयोजना गरेको तालीम कार्यक्रममा सहभागी भएका पीडित र आरोपीत बीच सामान्य सहकारीको सदस्यताका विषयमा भएको विवाद राजनीतिक विषयमा प्रवेश भएको थियो । विवादका सन्दर्भमा आरोपितले पीडितलाई किन एकलैटी सहकारी संस्थामा सदस्यता विस्तार गरेको भनि हातपात गरेका थिए । तालिमका अन्य सहभागीहरूले अप्रिय घटना हुन दिएनन् । त्यसपछि आरोपित लिम्बूले मौका मिलेमा गोली हानि हत्या गर्ने धम्की दिएका थिए । पीडितले आफूलाई गोली हानि हत्या गर्ने धम्की दिएको भन्दै प्रहरी चौकी ओयाक्जुङ्गमा पुस २१ गते उजुरी दिएको जानकारी जिल्ला सहकारी सङ्घका मेनेजर नविन खतिवडाले जानकारी दिए । आरोपीतलाई गिरफ्तार गरी कारबाही गरिने जानकारी प्रहरी चौकी ओयाक्जुङ्गले दिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis