Incident Reports

बालिका बलात्कारका आरोपितलाई ११ वर्षकैद l

2014-01-05

Bagmati, Chitawan, Kalika

Sabitri Sapkota एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको आरोपित जुटपानी गाविस-३, गैडाखोलाका २५ वर्षीय रामराज खनाल क्षेत्रीलाई चितवन जिल्ला अदालतले पुस २१ गते ११ वर्षकैदको फैसला गरेको छ । चितवन जिल्ला अदालतका न्यायधीश बिनोदमोहन आचार्यको एकल इजलासले सो फैसला गरेको हो । बालिका बलात्का गरेको आरोपमा आरोपितलाई जेठ १३ गते प्रहरीले गिरफ्तार गरेको थियो । चितवन जिल्ला अदालतको असार ४ गतेको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहेका थिए । आरोपितले ०७० जेठ ४ गते पीडित बालिकाको घरमा गई बालिकालाई धम्काएर बलात्कार गरेका थिए । सो घटना बारेमा अरु कसैलाई बताएमा आरोपितले बालिकाको घरपरिवार सबै मारिदिने धम्की दिएकाले बालिकाको परिवारले तत्काल प्रहरीमा जाहेरी दिन सकेका थिएनन् । आरोपितले पहिले पहिले पनि त्यसरी नै धम्काएर जबरजस्ती गर्ने गरेको र आफूहरूलाई मार्ने डरले कसैलाई नभनेको बालिकाले बताइन् । पीडित परिवार इन्सेक जिल्ला कार्यालयमा सम्पर्कमा आएपछि जिल्ला प्रतिनिधिको सहयोगमा पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis