Incident Reports

रौतहटमा मंगलबार राति गोली हानाहान, तराई जनतान्त्रिकका पूर्वनेता कुर्मी पक्राउ

2020-02-18

Madhes, Rautahat, Chandrapur, Ward 7

७ फागुन, रौतहट । व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति ११ बजे चन्द्रपुर नगरपालिका-४ स्थित जगलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, कुर्मीको वायाँ खुट्टामा २ राउन्ड गोली लागेको छ । घाइते कुर्मीलाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । एम्बुस थापेर बसिरहेका कुर्मीले प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ । 

कर्तव्य ज्यानलगायतका दर्जन बढी अभियोग कुर्मीमाथि छ । उनी अभियोग लागेदेखि नै फरार थिए । जिल्ला प्रहरी कार्यालय, रौतहटले दिएको जानकारी अनुसार, कुर्मीको साथबाट १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोलीसमेत बरामद भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports