Incident Reports

बालिका बलात्कार गर्ने विरुद्ध मुद्दा दायर l

2014-01-01

Chhetu Sherpa एक पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भोजपुर जिल्लाका १३ वर्षीय बालकलाई इलाका प्रहरी कार्यालय चैनपुरले पुस १९ गते जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको छ । चैनपुर प्रहरीको सहयोगमा खराङ प्रहरीले आरोपितलाई पुस १८ गते गिरफ्तार गरेको थियो । पीडितको काकाको घरको भान्सामा आरोपितले पुस १७ गते पीडितलाई ललाइफकाई बलात्कार गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । सूर्य एण्ड सन्स कम्पनीले सडक पीच गर्ने क्रममा खाना पकाउन कुकको रुपमा आरोपित बालक काम गर्दै आएका थिए । पीडितको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुस १७ गते स्वास्थ्य परीक्षण गरिएको छ । बालिकाको अवस्था सामान्य छ । आरोपित बालकलाई चैनपुर प्रहरी हिरासतमा राखिएको छ । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis