2020-02-17
बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवबारे टिप्पणी गर्दै फेसबुकमा पोस्ट गरेको भन्दै एक युवकलाई पक्राउ गरिएको छ। महागढीमाई नगरपालिका १ का स्थानीय युवक दिपेन्द्र कुशावाहालाई प्रहरीले पक्राउ गरेको हो। मेयर उपेन्द्र यादवले जिल्ला प्रहरी कार्यालय बारामा दिएको उजुरीको आधारमा २७ वर्षीय दिपेन्द्रलाई सोमबार पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए।
उनका अनुसार साइबरअपराध मुद्दा चलाउन काठमाडौं जानुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बारामै पक्राउ परेका दिपेन्द्रविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने छ।
सोमबार नै महागढीमाई नगरपालिका २ बरियारपुरमा नाला निरीक्षणको क्रममा मेयरको प्रतिक्रियाको स्थानीय मुकेश कुशवाहाले भिडियो खिच्न खोज्दा उनका बुबा हरेन्द्र महतोलाई मेयर यादवले नगरपालिकामा समातेर ल्याउन लगाई गाली तथा कुटपिट गरी आधा घण्टा शौचालयमा थुनेका थिए ।
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Arrest (politically significant) |
Weapons | None |
Primary Cause | Issues related to freedom of expression and civil rights |
Secondary Cause | Freedom of Expression |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | noyouth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD