Incident Reports

महिलाको गाडेको अवस्थामा शव l

2014-01-04

Madhes, Rautahat, Garuda

Laxmi Sah Sonar पत्रहटी गाविस-९ की २१ वर्षीया खुश्बुदेबी सहनीकी शव पुस २० गते बरियारपुर गाविस-७ स्थित खोला किनारमा गाडिएको अवस्थामा भेटिएको छ । शव लगाएको कपडासहित फेला परेको प्रहरीले जनाएको छ । सहनी पुस १७ गतेबाट नदेखेपछि माइती पक्षबाट खोजीको लागि पुस १९ गते स्थानीय प्रहरी चौकीमा जाहेरी दिएका थिए । खोजबिनको क्रममा पीडितको शव गाडेको अवस्थामा फेला परेको हो । पीडित सहनीकी सासू लक्ष्मीनिया देबीलाई प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रामनाथ घिमिरेले बताए । पीडितका पति बलिराम सहनीसहित ससुरा, देवर, देवरानी, जेठाजुहरू फरार छन् । शव पोस्टमार्टम गरी थप अनुसन्धान भइरहेको इन्सपेक्टर घिमिरेले जानकारी दिए । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis