Incident Reports

बलात्कार घटनाका आरोपितलाई प्रहरीद्वारा गिरफ्तार

2020-02-18

Karnali, Dailekh, Chamunda Bindrasaini, Ward 1

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित चामुण्डाबिन्द्रासैनी नपा–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई प्रहरीले फागुन ७ गते घरबाट गिरफ्तार गरेको छ ।

महिनावारी भएको बेला सुत्ने गरेको बाख्राको खोर माथि बनाइएको छाउगोठमा एक्लै सुतिरहेको बेला फागुन ६ गते राति ती बालिकालाई आरोपितले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटना सम्बन्धमा पीडित पक्षले दिएको उजुरीको आधारमा गिरफ्तार गरिएको प्रहरी चौकी पानीपोखरीका प्रहरी हवल्दार पदमबहादुर नेपालीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ७ गते दैलेख जिल्ला अस्पतालमा भयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments