Incident Reports

पति विरुद्ध उजुरी l

2014-01-04

Madhes, Rautahat, Chandrapur

Bipin Gautam जुडिवेला गाविस-३ की ३५ वर्षीया मन्जु मैनालीले पति ४१ वर्षीय दीपक मैनालीले खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पुस २० गते बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी छन् । सामाजिक परम्परा अनुसार २० वर्षअघि विवाह भई दुई छोरा र एक छोरीको जायजन्म समेत भएको अवस्थामा पतिले मादक पदार्थ सेवन गरी बाराम्बार कुटपिट गर्ने गरेकोमा पुस १८ गते राती पुनः मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरी घाइते बनाएकाले उनी बिरुद्ध कारबाहीको लागि उजुरी दिन आएको पीडितले बताइन् । पीडितको ढाडमा चोटपटक लागेकाले चन्द्रनिगाहपुर अस्पतालमा उपचार गरीएको र आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी प्रकाश रानाभाटले बताए । पीडितको उजुरी अनुसार आरोपितलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही चलाइने समेत उनले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis