Incident Reports

सैनिक शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन

2020-02-19

Madhes, Parsa, Birgunj

वीरगन्ज : ः प्रजातन्त्र दिवसको अवसरमा सैनिक शासनको माग गर्दै वीरगन्जमा प्रदर्शन गरिएको छ । नेपाल राष्ट्रवाद संघको नामबाट निकालिएको ¥यालीमा राजतन्त्रसँगै सैनिक शासनको माग गर्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीले राजसंस्था पुनर्स्थापना गर्दै सैनिक शासन लागु गर्नु पर्ने माग गरेका थिए । साथै उनीहरुले राजनीतिक दलविरुद्ध नारावाजी समेत गरे। घण्टाघर चोकमा आयोजित समापन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले मुलुकमा राजनीतिक दलका कारण भ्रष्टचार र लुट बढेको आरोप लगाए ।  उनले मुलुकलाई जोगाउन राजतन्त्र फर्कनै पर्ने र देशमा सैनिक शासन लागु हुनुपर्ने बताए।

मुलुकमा विद्यमान बेथीती र अजराजकतालाई ठेगान लगाउनका लागि एक मात्र विकल्प सैनिक शासन भएको उनले बताए। कार्यक्रममा सहभागी अन्यले पनि अहिलेको शासन प्रणालीबाट आजित नेपाली जनताले मुलुकमा राजतन्त्र नै चाहेको जिकिर गरे ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments