Incident Reports

मानव बेचबिखनको आरोपमा सात वर्षकैद l

2014-01-06

Province 1, Sankhuwasabha, Dharmadevi

Chhetu Sherpa सिद्धपोखरी गाविस-८ की २३ वर्षीय एक युवतीलाई झुटो ठेगाना बताई विवाह गरी बिक्री गर्न खोज्ने माम्लिङ गाविस-१ का विनोद भनिने अम्बरबहादुर रायलाई सङ्खुवासभा जिल्ला अदालतले सात वर्षकैदको फैसला सुनाएको छ । जिल्ला न्यायधीश टीकाराम उप्रेतीको एकल इजलासले पुस २२ गते आरोपित रायलाई सात वर्षकैद सजायको फैसला सुनाएको हो । फैसलामा उनका सहयोगी चैनपुर गाविस-८ का हुकुम सिं डाँगीलाई साडे तीन वर्षकैद सुनाएको छ । झुटो ठेगाना बताएर विवाह गरी बिक्री गर्ने खोजेपछि पीडितले इलाका प्रहरी कार्यालय चैनपुरमा ०७० वैशाख २४ गते जाहेरी दिएका थिए । जाहेरीकै आधारमा इलाका प्रहरी कार्यालय चैनपुरको टोलीले आरोपितलाई ०७० वैशाख २५ गते गिरफ्तार गरी ०७० वैशाख २७ गते मानवबेचबिखन महलमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई सङ्खुवासभा जिल्ला अदालतले जेठ १२ गते पुरपक्षका लागि जिल्ला कारागार खाँदबारी जेल चलान गरेको थियो । आरोपितले विवाहमा चार जना मात्र जन्ती लिएर आएको र पछि घर नलगी अन्यत्रै लान खोजीको र ठेगाना पनि गलत बताए पछि आफूलाई शंका लागेर प्रहरीमा आएको पीडितले बताइन् । आफ्नो नाम र ठेगाना माम्लिङ गाविस-१ का बिनोद राय भए पनि मादिमुलखर्क गाविसका विनोद ढकाल भनी झुटो नाम र घर ठेगाना बताएका थिए ।

0 Comments