Incident Reports

बाजुरामा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

2020-02-22

Sudurpashchim, Bajura, Badimalika, Ward 9

बाजुराको बडीमालिका नगरपालिका–९ मा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बम निष्कृय पार्दा भएको बिष्फोटले एक जनाको घर चर्किएको छ ।

शुक्रबार राति रेडियो बाजुरा नजिक कालो झोलामा बम भेटिएको थियो । सो बम शनिबार बिहान समरजित गुल्मका सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईले जानकारी दिए । प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा स्थानीय धर्म रोकायाको घरसमेत चर्केको भट्टराईले जानकारी दिए ।

उनका अनुसार बम रकसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ । बम राखेको थाहा भएपछि स्थानीयबासी त्रसित बनेका हुँदा खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Kailali

0 Comments