Incident Reports

दाईजो नल्याएको निहुँमा महिलालाई घरनिकाला l

2014-01-07

Bagmati, Lalitpur, Lalitpur

Vivek Dhungana बारा जिल्ला खोपवा गाविस घरभई हाल काठमाडौँ मनपा-२० मरुहिटी बस्ने २० वर्षीया गीताकुमारी साहलाई दाईजो नल्याएको निहुमा परिवारले घरनिकाला गरेका छन् । पीडितलाई पति २४ वर्षीय रामशंकर साह र सासू गायत्री साहले दिनहुँ कुटपिट गर्ने र मानसिक यातना दिई दाइजो लिएर आइज भन्दै एक महिना अगाडि घरबाट निकालिदिएको आरोपमा पीडितले पुस २३ गते महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटिमा जाहेरी दिएकी छन् । उनले आरोपितहरूलाई महिला हिंसा ऐन २०६६ बमोजिम कारबाही गरी लालनपोषण व्यवस्था मिलाई पाउँ भनि जाहेरीमा माग गरेकी छन् । सासू गायत्रीले आफ्ना बारेमा नराम्रा कुराहरू पति रामशंकरलाई सुनाउने गरेको र आफूमाथि पति रामशंकरले दिनहुँ मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको पीडित गीताले बताइन् । उनीहरूको २०७० जेठ १५ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो । घरबाट निकाला भएकी गीता हाल दीदी भिनाजुसँग बस्दै आएकी छन् । जाहेरीसँगै सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले आरोपितलाई तत्काल गिरफ्तार गरी कारबाही अघि बढाउन निर्देशन दिएकी छन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis