Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-02-20

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 8

प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बाह्रविसे नगरपालिका–३ स्थित धार्पा घरभएका प्रतिवन्धित नेकपाको विद्यार्थी सङ्गठनका केन्द्रिय सदस्य २९ वर्षीय मुकुन्द श्रेष्ठ र काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका ५ घरका प्रतिबन्धित नेकपाका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज ३५ वर्षीय लेखराज गजमेरलाई ०७६ फागुन ८ गते प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका–८ स्थितबाट गिरफ्तार गरेको हो ।
उनीहरूलाई इर्खुको चिलाउने गाउँका स्थानिय दलित समुदायको घरमा जवरजस्ती बस्न खोज्दा समुदायले समातेर प्रहरीलाई बुझाएको स्थानियले बताए । गिरफ्तार परेका विप्लव समुहका कार्यकर्ताहरूलाई सार्वजनिक अभद्रब्यवहारको मुद्दा लगाएर अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको सुचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो । उनीहरूकाे स्वास्थ्य परिक्षण चौतारा अस्पतालमा फागुन ९ गते गरियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments