Incident Reports

अपाङ्गको र्‍यालीमाथि प्रहरीको दमन l

2014-01-08

Bagmati, Kathmandu, Kathmandu

काठमाडौ, पुस २४ - राष्ट्रिय अपाङ्ग महासंघले बुधबार सिंहदरवार अगाडि गरेको प्रदर्शनमाथि प्रहरीले दमन गरेको छ । प्रहरीको बल प्रयोगबाट अपांगता भएका केही व्यक्तिलाई चोट लागेको छ । संविधानसभामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । दलहरुले पेस गरेको समानुपातिक सूचीमा समेत एकजना पनि अपाङ्ग नपरेको भन्दै उनीहरु अब सरकारले मनोनित गर्ने २६ जना सभासदमा कम्तीमा ४ जना अपाङ्गता भएको व्यक्ति राख्नुपर्ने माग गरेका छन् । भृकुटी मण्डप, भद्रकाली मन्दिर हुँदै व्हिल चेयर सहितको अपाङ्गहरुको जुलुस सिंहदरवारको पश्चिमी गेट तर्फ बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

0 Comments

Related Reports
Related Trend Analysis