Incident Reports

पीएन क्याम्पसमा प्रहरी र नेविसंघबीच झडप

2020-02-25

Gandaki, Kaski, Pokhara Lekhnath

पृथ्वीनारायण(पीएन) क्याम्पसमा मंगलबार नेपाल प्रहरी र नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच झडप हुँदा विद्यार्थी सुजन लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

गत बिहीबार क्याम्पसमा नेविसंघ र अनेरास्ववियु विद्यार्थीबीच झगडा भएको थियो । झडपमा अनेरास्ववियु निकट विराट दवाडी र विशाल पन्त घाइते भएका थिए ।

घाइते दुवैले नेविसंघका कार्यकर्ताविरुद्ध प्रहरीमा उजुरी दिएपछि नेविसंघ नेता राजेश हमाललाई सोमबार प्रहरी नियन्त्रणमा लिएको थियो ।

२ संगठनबीच भएको झडपलाई राजनीतिकरण गरी व्यक्तिगत रिसिइबी साँध्न खोजेको आरोप लगाउँदै नेविसंघले मंगलबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो । सोही आन्दोलनका क्रममा प्रहरी र नेविसंघबीच झडप भएको हो । ‘पीएनमा अखिलको पकड राम्रो छ । त्यही भएर उसले सधैं अन्य संगठनका विद्यार्थीमाथि दमन गर्न खोज्छ,’ नेविसंघ निकट एक विद्यार्थी नेताले भने, ‘त्यस प्रवृत्तिको प्रतिकार गर्दा उसले सत्ताको शक्ति प्रर्दशन गर्न खोज्दैछ ।’

प्रहरीले नेविसंघका कार्यकर्ता सतिश बास्तोला, गौरव बराल, विपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चापागाईं, सुजी हितानमगर, युवराज पौडेल र अक्कल क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

नेविसंघ केन्द्रीय कार्यालय काठमाडौंले समेत पृथ्वीनारायण क्याम्पसका कार्यकर्ता पक्राउलाई लिएर झुठा मुद्दामा फसाउन खोजेको आरोप लगाएको छ ।

‘क्याम्पसमा घटेको घटनालाई लिएर घटनामा उपस्थित नै नभएका राजेश हमाललगायत २० जनालाई राजनीतिक प्रतिशोध साँध्न झुठा मुद्दा लगाइ फसाउने वर्तमान भ्रष्ट सरकारप्रति नेविसंघ भत्र्सना गर्दछ,’ अध्यक्ष राजीव ढुंगानाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

नेविसंघ कास्कीले मंगलबार पोखराका विभिन्न ठाउँमा टायर बालेर विरोध कार्यक्रमसमेत गरेको छ । नेविसंघले पोखरा छिर्ने मुख्य नाका त्रिवि चोक, महेन्ऽपुल, नालामुखलगायतकमा ठाउँमा टायर विरोध जनाएको थियो ।

नेविसंघले कार्यकर्ता निशर्त रिहाइको माग गर्दै बुधबारदेखि सरकारी गाडी चल्न नदिने, बिहीबारदेखि शैक्षिक संस्था बन्द गर्ने कार्यक्रम रहेको नेविसंघ विद्यार्थी नेता शिव बरालले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Detention of Protesters
Weapons Blunt weapon
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments