Incident Reports

प्रेमीसँग मिलेर श्रीमान्को 'हत्या' l

2014-01-07

Bagmati, Bhaktapur, Madhyapur Thimi

काठमाडौ, पुस २४ - श्रीमान्को हत्या गरेको अभियोगमा प्रहरीले एक महिला र उनको 'प्रेमी'लाई पक्राउ गरेको छ । मातातीर्थ बस्ने पूर्णलक्ष्मी तमाङले आफ्नो प्रेमी २२ वर्षीय विशाल तमाङसँग मिलेर श्रीमान् ६० वर्षीय सानुकाजी तमाङको हत्या गरेको अभियोग प्रहरीले लगाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी उमाप्रसाद चुतुर्वेदीका अनुसार सानुकाजीको हत्या गरेपछि उनीहरूले घरमा लुटेरा आएर मारेको बताएका थिए । 'लुटेराले श्रीमान्लाई अपहरण गरेर लगेको भन्दै राति १२ बजे प्रहरीमा खबर भएको थियो,' डीएसपी चतुर्वेदीले भने, 'बुझ्दै जाँदा उनकै श्रीमतीले हत्या गरेर तरुलको खाडलमा पुरेको भेटियो ।' प्रहरीमा श्रीमतीले नै उजुरी दिएकी थिइन् । घरमा पुगेर प्रहरीले सोधपुछ गर्दा पूर्णलक्ष्मीले शव गाडेको ठाउँ नै देखाएपछि उनीमाथि शंका गरिएको डीएसपी चतुर्वेदीले बताए । नेपाल प्रहरीको तालिम प्राप्त कुकुर लास मुनि गाडेको खुर्पाका आधारमा विशालको घरसम्म पुगेको थियो । 'कुकुर तामाङ सुतेको खाटमै पुग्यो,' उनले भने, 'तामाङले दुई जनाको मिलेमतोमा हत्या गरेको बयान दिए ।'

0 Comments

Related Reports
Related Trend Analysis