Incident Reports

बोक्सीको आरोपमा कुटपिट l

2014-01-09

Bagmati, Kabhrepalanchok, Khanikhola

Bhojraj Timalsina डाँडागाउँ गाविस-८ निवासी ३८ वर्षीया विष्णुमाया वाइवालाई सोही ठाँउ निवासी रोशन स्याङतान र सालधारा नागपानीका तिर्थमान भ्लोन, संगिन लोप्चन र काजीमान गोलेले बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पीडितका पति ४३ वर्षीय दोर्जे वाइवाले पुस २५ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका छन् । डाँडागाउँ गाविस-८ की भुइस्याल स्याङतानको स्तनमा घाउ आएको र झाँक्रीलाई देखाउँदा बोक्सी लागेकाले यस्तो भएको भनेका कारण निजका पति रोशन स्याङतानले ससुराली गाउँका मानिस समेत साथ लिएर पत्नीलाई गएको मङ्सिर २५ गते कुटपिट गरेकाले निजहरूलाई हदैसम्मको कारबाहीको माग राखेका छन् । घाइते विष्णुमायाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । पीडितका पति दोर्जेले पुस ४ गते कारबाहीका लागि प्रहरी चौकी तालढुङ्गामा निवेदन लिएर जाँदा वास्ता नगरेकाले बाध्य भएर आफू जिल्ला प्रहरी कार्यालयमा आउनु परेको व्यहोरा निवेदनमा खुलाएका छन् । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका केन्द्रका अनुसार आरोपितहरूलाई गिरफ्तार गरी जिल्ला ल्याउनका लागि पुस ४ गते नैतालढुङ्गा प्रहरी चौकीमा परिपत्र गरिसकेको छ । भोजराज तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis