Incident Reports

हत्या आरोपमा पाँच पक्राउ

2020-02-29

Madhes, Dhanusha, Sabaila, Ward 12

धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका एकजनाको हत्या भएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न गएका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको हत्या भएको हो ।

शुक्रबार राति रघुनाथपुरमा भएको झगडा मिलाउन गएका पुलामीलाई झगडारत पक्षले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेका थिए । गम्भीर घाईते भएका पुलामीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा उनको मृत्यु भएको मृतकका छोरा सूर्यनारायण पुलामीले जानकारी दिए ।

रघुनाथपुरस्थित नहर चोकमा कलभर्टमा बसेका केही युवाहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवाले अपब्द नबोल्न भनेपछि भनाभन भएको थियो ।

दुई समूहबीच भएको विवादले झगडाको रुप लिइसकेको थियो । झगडालाई छुट्याउन जाँदा पुलामीमाथि नै काठको चिरपट र बाँसको भाटा प्रहार भएको थियो ।

पुलामीको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो घटनामा संलग्न एक जना फरार रहेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेहरुमा सबैला नगरपालिका–१ बस्ने कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला–४ बस्ने मनु यादव रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । सो घटनामा संलग्न अमरजीत यादव भने फरार छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Bara , Local Newspaper - Kailali , Local Newspaper - Dhanusha

0 Comments

Related Reports