Incident Reports

बालिका बलात्कार गर्नेलाई १० वर्षकैद l

2014-01-09

Bagmati, Makawanpur, Hetauda

Pratap Bista बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई जिल्ला अदालत मकवानपुरले १० वर्षकैद गर्ने फैसला गरेको छ । पीडितलाई पीडकवाट २५ हजार रुपैया क्षतिपूर्ति स्वरुप उपलब्ध गराउन पनि आदेश गरेको छ । जिल्ला न्यायाधीश बासुदेव पौडेलको पुस २५ गते बसेको इजलाशले हेटौडा नगरपालिका-४ का २४ वर्षीय अशोक देउलालाई हटिया गाविसकी १० वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । ०७० जेठ २९ गते दिउँसो हेटौडाको बसपार्कबाट फिल्म हेर्न जाने भनेर बालिकालाई रिक्सामा राखेर हेटौडा नगरपालिका-५ स्थितजंगलमा लगेर देउलाले बलात्कार गरेका थिए । बालिका हाडीखोलास्थित मामाघरवाट घरतर्फआउने क्रममा बसपार्कमा ओर्लेको थिइन् । देउलाले पैसा दिन्छु भनेर फकाएर फिल्म हेर्न जाँउ भनेर जंगलमा लगेर बलात्कार गरेका थिए । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis