Incident Reports

प्रधानमन्त्रीको राजीनामा माग्दै विवेकशीलको माइतिघरमा प्रदर्शन

2020-03-01

Bagmati, Kathmandu, Kathmandu

प्रधानमन्त्री केपीशर्मा ओलीको राजीनामा माग गर्दै विवेकशील नेपालीले माइतिघरमा विरोध प्रदर्शन गरेको छ।

सरकार बनेको दुई वर्ष हुँदा वाइडबडी, बालुवाटार काण्ड हुँदै गोकुल बाँस्कोटाको ७० करोडको काण्ड निम्तिएको भन्दै विवेकशीलले विरोध जनाएको छ।

बाँस्कोटाको काण्डमा प्रधानमन्त्रीको नै संलग्नता हुन सक्ने भन्दै उसले राजीनामा मागेको छ।

‘करिव डेढ महिना अघिनै भिडियो हेरेको भन्ने खबर आइराख्दा र सरकार अनि प्रधानमन्त्रीकै आवाजको रुपमा स्थापित बाँस्कोटामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर, निश्पक्ष छानबिन गर्न मार्ग प्रशस्त गर्न जरुरी छ’ एक विज्ञप्तिमार्फत विवेकशीलले भनेको छ।

घटना सार्वजनिक हुनु २ दिनअघि प्रधानमन्त्रीले गोकुल बाँस्कोटालाई तुलोको एकातिर अनि अरु सबै नेतालाई अर्कोतिर राख्दा पनि गोकुल बाँस्कोटाकै पल्लाभारी हुने बताएका थिए। यही भाषणकै आधारमा पनि नैतिकताको प्रश्न उठ्ने विवेकशीलको दावी छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments