Incident Reports

बहुविवाह गर्ने पति विरुद्ध प्रहरीमा उजुरी l

2014-01-08

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling लफ्याङ गाविस-२ की १९ वर्षीय सर्मिला खड्काले बहुविवाह गर्ने पति २० वर्षीय रञ्जन खड्काविरुद्ध कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय दिक्तेलमा पुस २४ गते जाहेरी दिएकी छिन् । आफूहरूको २०६८ वैशाख महिनामा सामाजिक परम्पराअनुसार विवाह गरेपछि जन्मिएको चार महिनाको छोरीलाई समेत बेवास्ता गर्दै पतिले बाम्राङ गाविस-८ की १४ वर्षीय भिमकुमारी खत्रीलाई मङ्‌सिर २९ गते दोश्रो विवाह गरेपश्चात् जाहेरी दिनुपरेको पीडितले बताइन् । पतिले कान्छी पत्नी ल्याएर आफ्नो अधिकार खोसिएको भन्दै जाहेरी दिनुपरेको उनको भनाई छ । पीडितको जाहेरीको आधारमा आरोपितलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दिक्तेल मुद्दा शाखाका सई यादव गौतमले बताए । आरोपित दुवैजना हाल फरार रहेकाले कारवाही प्रकृया अघि बढ्न नसकेको उनको भनाई छ ।

0 Comments

Related Reports
Related Trend Analysis