Incident Reports

छात्रावासमा कार्यरत सहयोगीको कुटपिटबाट अपाङ्गता बालकको मृत्यु भएको पीडित पक्षको आरोप

2020-02-27

Karnali, Mugu, Chhayanath Rara

छाँयानाथ रारा नपा–१ स्थित श्री महाँकाली नमुना माध्यमिक विद्यालयमा अपाङ्गता भएका विद्यार्थी बस्ने छात्रावासमा कार्यरत सहयोगीको कुटपिटबाट अपाङ्गता भएका १३ वर्षीय बालकको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् ।

कक्षा ६ मा अध्ययनरत १३ वर्षीय दिलिप भामलाई सोही छात्रावासमा कार्यरत सहयोगी छाँयानाथ रारा नपा–१० का ३६ वर्षीय अर्जुन सेजुवालको कुटपिटबाट मृत्यु भएको पीडित पक्षले आरोप लगाएको हो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भिमदत्त जोशीका अनुसार सेजुवालले फाुगन १५ गते कुटपिट गरेको भन्ने बुझिन आएको छ ।

कुटपिटबाट विरामी भएका भामको उपचार जिल्ला अस्पतालमा भई छात्रबासमै बसेर औषधि खान डाक्टरले सल्लाह दिएको भएपनि फाुगन १७ गते बिहान भामको छात्रबासमा मृत्यु भएको थियो ।

आफनो छोरा छात्रबासका सहयोगी सेजुवालको कुटपिटबाटै मृत्यु भएको भन्दै मृतकका बाबुले फागुन १७ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको इन्स्पेक्टर जोशीले बताउनु भयो ।

कुटपिटबाट भामको बाहिरी शरीरमा चोटपटक देखिएको छैन । शरीरको भित्री भागमा चोटपटक लागेको हुनसक्छ मृतकको के कारणले मृत्यु भएको भन्नेबारे पोष्टमार्टमको प्रतिवेदन र थप अनुसन्धानपछि भन्न सकिने प्रहरीले जनाएको छ ।

मृतकको फागुन १७ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरि घरपरिवारलाई लास बुझाई सकेको र मृतक भामका बाबुले छात्रबास सहयोगी अर्जुन सेजुवालको कुटपिटबाट मृत्यु भएको भनि दिएको जाहेरीका आधारमा आरोपित सेजुवाललाई प्रहरीले फागुन १७ गते छात्राबासबाटै गिरफ्तार गरेको प्रहरी बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments