Incident Reports

बलात्कारका आरोपित शिक्षकलाई दश वर्षकैद l

2014-01-12

Madhes, Saptari, Chhinnamasta

Manohar Kumar Pokharel एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाविस-२ निवासी स्थानीय बोर्डिङ्ग स्कुलका शिक्षक २५ वर्षीय अनिल कुमार मण्डललाई जिल्ला अदालतले पुस २८ गते १० वर्षकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश चन्द्रबहादुर सारुको एकल इजलासले १० वर्षकैदको फैसला गर्दै पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश समेत गरेको अदालतका स्रेस्तेदार नवराज दुलालले बताए । जिल्ला अदालतको आदेशले आरोपि ०६९ साउन २२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । छिन्नमस्ता गाविस-२ स्थित बोर्डिङ्ग स्कुलका शिक्षक आरोपीले ०६९ बैशाख २ गते साँझ ट्युशन पढ्न आएकी बालिकाबाहेक अन्य बिद्यार्थीहरुलाई विदा दिएपछि बलात्कार गरेका थिए । पीडितले ०६९ वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण गर्दै युनिक अस्पताल र राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालले यौन हिंसाका कारणले भर्ना भएकी बालिकाको बलात्कार भएको प्रतिवेदन दिएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis