Incident Reports

ट्यूसन पढ्न हिँडेकी छात्रामाथि बलात्कार, एक महिनापछि जाहेरी

2020-01-26

Karnali, Salyan, Sharada

सल्यानमा १४ वर्षीया एक छात्रामाथि बलात्कार भएको छ।

गत माघ १२ गते एसइईको तयारीस्वरुप विहान ५ बजे नै ट्यूसन पढ्न जाँदै गरेकी ती छात्रामाथि जंगलमा लगेर जवरजस्ती बलात्कार भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख निरीक्षक लक्ष्मण वलीका अनुसार बलात्कारपछि पिडकले कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका थिए।

त्यही त्रासले ती बालिकाले एक महिनासम्म आफू बलात्कृत भएको कुरा अभिभावकलाई भन्न डराएकी थिइन्। साथीहरुको सहयोगमा फागुन १८ गते पीडित बालिकाले आफ्ना अभिभावकलाई घटनाबारे अवगत गराइन्।

फागुन २० गते पीडित बालिकाले अभिभावको सहयोगमा जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएकी थिइन्। सोही दिन बेलुका प्रहरीले बलात्कारका अभियुक्त १६ वर्षीय किशोरलाई शारदा नगरपालिकाबाट पक्राउ गरेको निमित्त प्रहरी प्रमुख वलीले जानकारी दिए।

बलात्कारको अभियोग खेपेका ती किशोरलाई बुधबार प्रहरीले जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments