Incident Reports

बालविवाहका आरोपित विरुद्ध मुद्दा दर्ता l

2014-01-10

Bagmati, Kathmandu, Kathmandu, Ward 9

Yaggya Raj Thapa चौराठा गाविस-५ की १६ वर्षीया बालिकालाई ललाई फकाई विवाह गरेको भन्दै काठमाडौँ मनपा-१२ ह्युमतटोल घर भएका ५८ वर्षीय किशोर बानियाविरुद्ध पुस २६ गते जिल्ला प्रहरी कार्यालयमा बालविवाह मुद्दा दर्ता गरिएको छ । महिला सशक्तिकरण मञ्चले बालविवाह मुद्दा दर्ता गरेको हो । बानियाले बालिकालाई ललाई फकाई गोरखा जिल्लाको मनकामना मन्दिरमा लगेर विवाह गरेको संस्थाका सदस्य सुनिता चन्दले बताइन् । चन्दका अनुसार झुक्किएर करीब आठ महिना अघि मोवाईलमा कुराकानी भए पछि निरन्तर बानियाँले फोन गर्ने गरेको र पुस १६ दैलेख पुगेर बालिकालाई मनकामना लगेर विवाह गरेको आरोपमा प्रहरीमा जाहेरी दिइएको हो । उमेर नपुगेकी बालिकालाई ललाई फकाई विवाह गरेका कारण बानियाँलाई बालविवाह गरे बापत हुन सक्ने दण्ड सजाय माग गर्दै संस्थाको तर्फबाट निवेदक भई सदस्य चन्दले उजुरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका असई सुशोभन श्रेष्ठले प्रहरीको अनुन्धानमा बालविवाह गरेको ठहरे कानुनी कारबाहीका लागि आवस्यक प्रक्रिया अगाडि बढाईने बताए । बानियाले दोस्रो विवाह गरेको जानकारी बानियाँका घरपरिवारले थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले बानियाँ र बालिकालाई पुस २३ गते बालिकाको घरबाट गिरफ्तार गरेको थियो । यज्ञराज थापा

0 Comments