Incident Reports

'माइतीबाट पैसा नल्याउँदा बुहारीको हत्या' l

2014-01-10

Madhes, Bara, Mahagadhimai

Laxmi Sah Sonar घर बनाउन माइतीबाट पैसा नल्याएको निहुँमा पत्रहट्टी गाविस-९ की २१ वर्षीया खुश्बुदेवी सहनीको पति, सासू र ससुरा मिलेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले पुस २६ गते सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सासू लक्ष्मीनयादेवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पति रामबली र सुसुरा मखन सहनी फरार छन् । दुईवर्षअघि रामबलीसँग विवाह भएकी खुश्वु जितपुरभवानीपुर गाविस-३ माइती बस्दै आएकोमा दुई महिना अघिमात्रै घर गएकी थिइन् । पटकपटक रकम माग्दा नपाएपछि पति, सासू र ससुरा मिलेर पुस १७ गते कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रामनाथ घिमिरेले बताए । प्रहरीले खुश्बुको शव बरियारपुर गाविस-७ स्थित भुतही खोलाको किनारामा पुस २० गते फेला पारेको थियो । शवको पोष्टमार्टम रिपोर्टबाट अत्याधिक रक्तस्रावले गर्दा मृत्यु हुन पुगेको प्रहरी निरीक्षक घिमिरेले बताए । 'रिपोर्टमा टाउकोमा रगत जमेको र शरीरको विभिन्न भागका हड्डी भाँचिएको देखाएको छ,' उनले भने ।

0 Comments

Related Reports
Related Trend Analysis