Incident Reports

बलात्कार घटनाको आराेपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

2020-01-22

Madhes, Sarlahi, Kabilasi, Ward 8

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दर्ता भएको छ । सर्लाही जिल्ला कविलाश गाउँपालिका–८ का २१ वर्षीय दिनेश राय यादवले बालात्कार गरेको आरोपमा फागुन २६ गते उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

सिन्धुली जिल्ला मरिण गाउँपालिका–३ कि १३ वर्षीया बालिकालाई आरोपितले ०७६ माघ ८ गते स्थानीय कुशेस्वर माद्यामिक विद्यालयबाट घर फर्किन लाग्दा फकाई भगाएर दोलखाको विगु गाउँपालिका–५ को फर्निचर कारखानामा ल्याएर बलात्कार गरेकोे उजुरीमा उल्लेख भएको इन्स्पेक्टर रविन बोहोराले बताउनु भयो ।

प्रहरीले आरोपितलाई ०७६ फागुन २४ गते विगु गाउँपालिका–५ को फर्निचर कारखानाबाट गिरफ्तार गरेको इन्पेक्टर बोहोराले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण ०७६ फागुन २४ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा भयो ।


उद्धव पोखरेल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments