Incident Reports

बलात्कारका आरोपित पूर्पक्षको लागि थुनामा l

2014-01-09

Bagmati, Chitawan, Madi

लाई चितवन जिल्ला अदालतले पूर्पक्षको लागि थुनाको आदेश गरेको छ । चितवन जिल्ला अदालतका न्यायधीश बिनोदमोहन आचार्यको एकल इजलासले तारामानलाई पूर्पक्षको लागि थुनाको आदेश दिएको अदालतका डिठ्ठा बासुदेव भट्टराईले बताए । सरकार पक्ष रहेको सो मुद्दामा जिल्ला न्यायधिवक्ता एकनारायण लम्सालले बहस गरेको अदालतका नासु जयनारायण आचार्यले बताए । आरोपितले मङ्सिर ३० गते बेलुका कल्याणपुर गाविसमा रहेको बन्दै गरेको घरभित्र लगेर पीडितलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस ३ गते प्रहरीमा जाहेरी दिएको थियो । पीडित सुस्त मनस्थितिको भएको उजुरीमा उल्लेख गरिएको छ । आरोपितलाई प्रहरीले उजुरी परेकै दिन गिरफ्तार गरी अनुसन्धानपछि अदालत पेस गरेको इन्स्पेक्टर जीबलाल चुँदालीले बताए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis