2020-03-12
Province 1, Udayapur, Katari, Ward 6
काठमाडौं– धनुषाबाट अपहरणमा परेकी एक किशोरीको उदयपुरको कटारीबाट सकुशल उद्धार गरिएको छ ।
धनुषा घर भएकी १५ वर्षीया करिना मोक्तानको बुधबार दिउँसो ३ बजेतिर अपहरण भएको थियो । अपहरणको सूचनालगत्तै परिचालन भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले करिनालाई उदयपुरको कटारी नगरपालिकाअन्तर्गत पर्ने कालीखोलाबाट उद्धार गरेको हो ।
प्रहरीले अपहरणमा संलग्न ८ जना पुरुष र ५ जना महिला गरी १३ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविण कुमार श्रेष्ठका अनुसार अपहरणकारीको साथबाट हातहतियार समेत बरामद भएको छ ।
श्रेष्ठका अनुसार अपहरणकारीको साथबाट चाइनिज पेस्तोल ३ थान तथा त्यसमा लाग्ने गोली ९ राउण्ड, ११ थान ह्यान्ड ग्रिनेट (बम) र १ थान प्रेसर कुकर बम बरामद भएको छ ।
उदरपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सकुशल उद्धार गरिएकी किशोरीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी घर फर्काउने प्रक्रिया शुरु गरिएको बताए ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले धनुषाबाट अपहरणमा परेकी किशोरीको कटारीमा उद्धार गरेको छ,’ उदयपुरका सहायक प्रजिअ भट्टराईले खबरहबसँग भने, ‘अहिले उद्धार गरिएकी किशोरीलाई घर फर्काउने प्रक्रिया शुरु गरिएको छ ।’
सहायक प्रजिअ भट्टराईका अनुसार अपहरणमा संलग्नहरु प्रतिबन्धित समूह (विप्लव समूह)का सदस्य भएको आशंकामा उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
प्रहरीले बिहीबार दिउँसो मात्रै विप्लव समूहका उदयपुर जिल्ला सेक्रेटरी जितबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Abduction |
Weapons | Small arms |
Primary Cause | Unclear |
Actor 1 - Number of people | 14 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Abducted | 1 |
Female Abducted | 1 |
Youth Abducted | 1 |