Incident Reports

छुरा प्रहार गर्ने पति विरुद्ध प्रहरीमा उजुरी l

2014-01-09

Province 1, Solukhumbu, Dudhkoshi

Pasang Bomjan Tamang काँकु गाविस- ९ की ४२ वर्षीया लाक्पा जाङमु शेर्पालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा पीडितले पति ४५ वर्षीय नुरु शेर्पा विरुद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा उजुरी दिईन् । आरोपितले पुस २३ साँझ ७ बजे घरमा खाना खाँदै गर्दा घरायसी विवादमा छुरा प्रहार गरेको पीडितले बताईन् । छुरा प्रहारबाट पीडितको अनुहारमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर नारायण भट्टराईले बताए । पीडितको जिल्ला अस्पताल फाप्लुमा पुस २४ गते उपचार भयो । आरोपितलाईे गिरफ्तार गरी कारबाही गर्ने इन्स्पेक्टर नारायण भट्टराईले बताए । पासाङ बम्जन तामाङ

0 Comments

Related Reports
Related Trend Analysis