Incident Reports

विप्लवका उदयपुर जिल्ला सेक्रेटरी पक्राउ

2020-03-12

Province 1, Udayapur, Udayapurgadhi

उदयपुर- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका उदयपुर सेक्रेटरी बिहीबार बिहान पक्राउ परेका छन्। जिल्लाको उदयपुरगढी गाउँपालिका-७ को अँधेरीस्थित एक स्थानीयको घरमा लुकेर बसेको अवस्थामा सेक्रेटरी जितबहादुर पुलामी मगर पक्राउ परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनी लुकेर बसेको सुराकीको आधारमा सदरमुकामबाट खटेको टोलीले बिहीबार बिहान ६ बजे स्थानीय चित्रबहादुर खपाङ्गी मगरको घरबाट मगरलाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ। ५४ वर्षीय मगरको साथबाट ३ थान मोवाईल र बिभिन्न किसिमका पार्टी दस्ताबेज र प्रचार सामग्रीसमेत बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनलाई म्याद थपेर अनुसन्धान अघि बढाउने तयारी भईरहेको एसपी मगरले बताए।यसअघि जिल्ला सदस्यहरु पूर्णबहादुर तामाङ, सिद्धान्त राई, आक्रोस भन्ने दुर्गा तामाङ, निर्मल रेग्मी र पार्टीनिकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष र उपाध्यक्ष पक्राउ परिसकेका छन्। पक्राउमध्ये देहस उपनामका अखिल अध्यक्षबाहेक सबैले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी आत्मसमर्पण गरेपछि हिरासतमुक्त भईसकेको प्रहरीले जनाएको छ।गत भदौमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका जिल्ला सदस्यहरु तामाङद्वय र राई, प्रहरी खोजी सूचीमा रहेका रेग्मी र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी अखिल उपाध्यक्ष तायनसरी राईले पार्टी परित्याग गरी स्वतन्त्र रहने घोषणा गरेसँगै छाडिएको थियो। गत असोजमा सुनसरीको इटहरीबाट पक्राउ परी अड्डासार हुँदै २ महिनाअघि उदयपुर ल्याइएका पूर्वी व्युरो सदस्य तथा सुनसरी इन्चार्ज लक्ष्मण पौड्याललाई गत गते सर्वोच्चको आदेश अनुसार छाडिए पनि जिल्ला अदालत परिसरबाहिरबाटै पक्राउ गरी सिराहा लगिएको छ।बिभिन्न ठाउँमा विष्फोट गराएको आरोपमा इटहरीबाट पक्राउ पौड्याललाई मंसिर २८ गते सुनसरी अदालतले २५ हजार धरौटीमा छाडेकोमा अदालतबाट छुटेलगत्तै पक्राउ गरी झापा लगिएको थियो। झापामा विष्फोटन र सवारी आवागमन अवरोध गरेको छुट्टाछुट्टै मुद्धामा पौड्याललाई जिल्ला अदालत झापाले विष्फोटमा १ लाख र सवारी अवरोधमा २५ हजार धरौटीमा छाडे पनि सुनसरीकै धरान प्रहरीले पुनः पक्राउ गरी अनुसन्धान थालेको थियो।सुनसरी अदालतले पुस २८ गते फैसला गर्दै साधारण तारेखमा छाड्ने आदेश दिएपछि उनलाई उदयपुर ल्याइएको थियो। उदयपुरका बिभिन्न ठाउँमा पटक पटक बम विष्फोटन र सुतली बम राखेको आरोपमा हिरासतमा राखेर अनुसन्धानरत पौड्याललाई माघ २७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कारागार चलान भएका थिए।परिवारले सर्वोच्च अदालत गुहार्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेर अघि बढाइएको मुद्दामा सर्वोच्चले फागुन ७ गते फैसला गर्दै साधारण तारेखमा छाड्ने दिएको आदेश अनुसार फागुन १२ गते दिउँसो ३ बजे अदालतले छाडेकोमा परिसरबाहिरबाटै पक्राउ पुर्जी थमाएर सिराहा लगिएको थियो ।

    

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments