Incident Reports

कुटपिट गर्ने पति प्रहरीमा विरुद्ध उजुरीl

2014-01-09

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota भरतपुर नपा-११ का ३८ वर्षीया अमृता पराजुरीलाई पति ४१ वर्षीय रमाकान्त पराजुलीले कुटपिट गरेको भनि पीडितले पुस २५ गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिइन् । आफूलाई पतिले मादक पदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने गरेको पीडितले बताइन् । पछिल्लो पटक पुस २४ गते बेलुका उनलाई पतिले कुटपिट गरी घरमा नै पस्न नदिएको भन्दै उनी प्रहरीकोमा आएको बताउँछिन् । पटक-पटक गाउँको टोल सुधारमा छलफल गर्दा पनि पतिले पटक-पटक गल्ती दोर्‍याएको उनको भनाई छ । आरोपितलाई घटना भएकै दिन प्रहरीले गिरफ्तार गर्यो । दुवै पक्षलाई बोलाई घटनाको सत्यतथ्य जानकारी लिने महिला सेलका असई शान्ता पण्डितले बताइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis