Incident Reports

भारतबाट एक जना बालिकाको उद्धार

2020-03-09

Lumbini, Kapilbastu, Kapilbastu, Ward 8

भारतको गोरखपुरमा अलपत्र अवस्थामा रहेकी  १६ वर्षीया बालिकालाई  भारतीय प्रहरीको सहयोगमा फागुन २४ गते उद्धार गरिएको छ ।

शान्ति पुनर्स्थापना गृहले  कपिलवस्तु नपा–८ दोहनीकी १६ वर्षीया किशोरीलाई उद्धार गरि परिवारको जिम्मा लगाइएको संयोजक भुमीराज भट्टराईले बताउनु भयो ।

फागुन ९ गते शिवरात्रीको मेला हेर्न जान्छु भनेर हिडेकी बालिका सम्पर्क विहिन भएपछि पीडित पक्षले प्रहरी फागुन १० गते उजुरी दिएका थिए ।  बालिका  खुनुवा नाका हुदैं भारत प्रवेश गरेको सुचनाको आधारमा भारतीय प्रहरीसँग समन्वय गरी किशोरीलाई गोरखपुरबाट उद्धार गरिएको हो ।

बालिकालाई कसले लिएर गएको भन्ने विषयमा  अनुसन्धान भइरहेको डिएसपी सुनिल मल्लले बताउनु भयो ।

पार्बती आचार्य

0 Comments