Incident Reports

पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार l

2014-01-12

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai बुइपा गाविस-१ की ३१ वर्षीया पीपला राईलाई कुटपिट गरेको आरोपमा उनका पति ३२ वर्षीय ग्रहण राईलाई प्रहरीले पुस २८ गते घरैबाट गिरफ्तार गरेको छ । बिना कारण आरोपितले पत्नीलाई बारम्बार कुटपिट गर्ने गरेको र पछिल्लो समय पुस २५ गते बाँसको भाटाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएपछि उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर दुर्गाराज रेग्मीले बताए । पीडित पक्षले घाइतेको घाउजाँच गराईदिन भन्दै पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको इन्सपेक्टर रेग्मीको भनाई छ । घाइते पीपलाको जिल्ला अस्पताल दिक्तेलमा घाउजाँचपछि उपचार भइरहेको छ । १५ वर्ष र १० वर्षका दुई छोरा र ७ वर्षो एक छोरी भए पनि पतिले बारम्बार अन्याय गर्दै आएको पीडितको भनाई छ । पीडितको आग्रह अनुसार उनलाई हिरासतमा राखिएको र घाइतेको स्वास्थ्यअवस्था ठीक भएपछि दुवैपक्षबीच छलफल गराइने इन्सपेक्टर रेग्मीले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis