Incident Reports

विप्लव समूहका दलित मुक्तिमोर्चा जिल्ला संयोजक पक्राउ

2020-03-14

Lumbini, Gulmi, Madane, Ward 6

गुल्मी– नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

दलित मुक्तिमोर्चाका गुल्मी संयोजकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मदाने गाउँपालिका– ६ अन्तर्गत पुर्कोटदहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् ।

मदाने गाउँपालिकामा सङ्गठनको कामका सिलसिलामा हिँडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

जिल्लामा सो समूहको गतिविधि बढ्न सक्ने आशङ्कामा प्रहरीले पछिल्लो समयमा गाउँगाउँमा गस्ती अभियान शुरु गरी समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments