Incident Reports

भाउजुको हत्या गर्ने दुई देवर पक्राउ

2020-03-12

Province 1, Terhathum, Aathrai, Ward 4

आफ्नै भाउजुको हत्या गरेको आरोपमा तेह्रथुम आठराई गाउँपालिका(४, ईवा तीनसल्लेमा दुई देवर पक्राउ परेका छन्।   

२८ वर्षीया बिन्दा पुरीको हत्या गरेको आरोपमा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। बिन्दाका १० वर्ष र १५ महिनाका दुई छोरा छन्। दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरु भाउजुको हत्या गरेको बुझिएको छ। ईलाका प्रहरी कार्यालय सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले झापाबाट राति गाडी रिजर्भ गरी उनीहरु तेह्रथुम गएको भाउजुको हत्यापछि उनीहरु झापा नै फर्किएको बताए। विन्दाको श्रीमान् वैदेशिक रोजगारीको लागि दुबईमा छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments