Incident Reports

बहुविवाह गर्नेविरुद्ध उजुरी l

2014-01-11

Province 1, Khotang, Khotehang

DM Cha सावाकटहरे गाविस-७ की २० वर्षीया विन्जु विश्वकर्माले बहुविवाह गर्ने पति २१ वर्षीय जीवन विश्वकर्मालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा पुस २७ गते उजुरी दिएकी छन् । आफूहरुको ०६५ वैशाख २५ गते सामाजिक परम्पराअनुसार विवाह भएपछि जन्मिएको चार वर्षीय छोरी गीता विश्वकर्मालाई समेत बेवास्ता गरी पतिले दोश्रो विवाह गरेपछि उजुरी दिनुपरेको पीडितको भनाई छ । पीडितको उजुरी अनुसार - 'आफ्नो कोखबाट छोरी जन्मिएपछि सासूससुराले समेत हेलाहोचा गरी खानलाउन नदिएपछि आफू सोही गाविसस्थित माइतीघरमा आश्रय लिएर बस्दै आएको छु ।' यही क्रममा पतिले पुस १५ गते तेह्रथुम जिल्लाबाट ५ वर्षीय छोरा सहित २२ वर्षीय अम्बिका बराईलीलाई दोश्रो विवाह गरी ल्याएपछि उजुरी दिनुपरेको पीडितले बताईन् । पीडितको उजुरीको आधारमा आरोपितलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर दुर्गाराज रेग्मीले बताए । आरोपितहरु हाल फरार रहेकाले कारवाही प्रकृया अघि बढ्न नसकेको उनको भनाई छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis